ताजा अपडेट »

नेपाललाई नेदरल्यान्ड्सले १८५ दियो रनको लक्ष्य

बुधबार, १६ फागुन २०८०, १३ : ०७
64 Shares

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १८५ लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन जोडे । साइब्रान्ड एंगलब्रेक्ट ४९ रनमा अविजित रहदा म्याक्स ओ डाउड ४, कप्तान स्कट एडवार्ड्स ३३, तेजा निदामानुरु ३१ रन बनाएर आउट भए ।

बलिङममा नेपालका करण केसी र कुशल मल्लले एकरएक विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।