ताजा अपडेट »

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न माओवादी पदाधिकारी बैठक बस्दै

आइतबार, २७ फागुन २०८०, १० : २४
58 Shares

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन गर्न सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकले बैठकले मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्ने एक नेताले जानकारी दिए ।

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारमा झक्कुप्रसाद सुवेदीको नाम अग्रपंक्तिमा छ । यस्तै राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल सुवेदी र नारायण दाहाल पनि दाबेदार छन् । यसअघि शनिवार बसेको संसदीय बैठकमा अध्यक्ष चुन्ने जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दिइएको थियो । उनले पदाधिकारी बैठक राखेर यसबारे छलफल गर्ने बताएका थिए ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलवार हुँदैछ । नेपाली कांग्रेसले पनि शनिवार राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई चुनेको थियो । यद्यपि, उम्मेदवार घोषणा गर्न भने बाँकी नै छ ।   सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।