ताजा अपडेट »

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट चारजनाको मृत्यु

आइतबार, २८ माघ २०८०, १२ : ३७
84 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। पर्सा, भक्तपुर, झापा र सप्तरीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

पर्सा, जगरनाथपुर गाउँपालिका-६ बहुअरीस्थित सडकमा ना.२ ख ९८०३ नम्बरको बसमा चड्ने क्रममा लड्दा बसको पछाडीको चक्काले किचेर सहचालक जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने २५ वर्षीय अशोक मुखियाको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका-१० पलासेस्थित सडकमा बा.२ ख ९४५४ नम्बरको बस र बा.७८ प ३१५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका ५४ वर्षीय मुकुन्द प्रसाद तिमल्सिनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकमा मे.११ प ३१४९ नम्बरको मोटरसाइकल र को.१ ख ६४२८ नम्बरको टिपर एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय रामकृष्ण पौडेलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरी,  सुरुङ्गा नगरपालिका-४ कदमाहस्थित सडकमा स.६ प १३२० नम्बरको मोटरसाइकल प्र.२-०३-००१ ख ६२८४ नम्बरको ट्रकमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा लहान नगरपालिका-१८ बस्ने २३ वर्षीय सिकिन्द्र ठाकुरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।