ताजा अपडेट »

सिरहाका सिडिओ र एसपीलाई हटाइयो जिम्मेवारीबाट

मंगलबार, १६ माघ २०८०, १३ : ५९
134 Shares

 

काठमाडौं, १६ माघ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूलाई जिम्मेवारीबाट हटाइएको छ । 


गृह मन्त्रालयले सिडिओ पाण्डेलाई र मन्त्रालयकै निर्देशनअनुुसार एसपी लिम्बूलाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरिनुको कारण भने खुलाइएको छैन । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।