ताजा अपडेट »

बुटवलतर्फ आउँदै गरेको बस राप्ती नदीमा खस्यो, उद्धारकार्य जारी

शुक्रबार, २७ पुस २०८०, २३ : २३
220 Shares

बुटवल । दाङको भालुवाङ स्थित राप्ती नदी पुलमा यात्रु बाहक बस दुर्घटनामा परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार राप्ती नदी पुलबाट शुक्रबार राती बस नदीमा खसेको हो ।

बाँकेको नेपालगञ्जबाट बुटवलतर्फ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो । करिब ३० जना यात्रु सवार रहेको उक्त बस राप्ती नदीको पुलबाट खस्दा ठूलो मानवीय क्षति हुन सक्ने आकलन गरिएको छ । दुर्घटनमा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको बताइएको छ । यद्यपी उद्दारकार्य जारी रहेका कारण घटनाको पूर्ण विवरण भने आइसकेको छैन ।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतको सहयोगमा उद्धारकार्य जारी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।