ताजा अपडेट »

नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?

शुक्रबार, २७ पुस २०८०, १४ : ३५
138 Shares

टीकापुर। नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ । 

बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा रेशमलाल चौधरीको मात्र उम्मेदवारी दर्ता भएको हो । यो सँगै अध्यक्षमा निर्विरोध भएका छन् । तर, यसको औपचारिक घोषणा हुन भने बाँकी छ । टीकापुरमा बिहीबारबाट सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत शुक्रबार नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ । यसअघि शुक्रबार नै मनोनयन दर्ताको समय तोकिएको छ । जसअनुसार अध्यक्ष पदमा रेशमलालको मात्र उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितको उम्मेदवारी परेको छ । 

यसैगरी उपाध्यक्षमा अम्बरबहादुर लिम्बू, रतनबहादुर थापा, दुर्गा पन्त, राजेश अधिकारी, शिवकुमार बास्तोला, हिमाञ्चलराज भट्टराई, तेजबहादुर भुजेल, रामकुमार महतो, महेन्द्र पुन र इन्द्रकुमारी लिम्बूको उम्मेदवारी परेको छ । 
यसैगरी महासचिव पदमा धर्मबहादुर चौधरी, ठाकुरसिंह थारु र गंगाराम चौधरी डंगौराको उम्मेदवारी परेको छ । साथै सहमहासचिव पदमा रामलाल डंगौरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा तुलसीप्रसाद चौधरी, ललित तम्राकार, चन्द्रकुमार चौधरी र विजयकुमार बस्नेतको मनोनयन दर्ता भएको छ । सहसचिवमा पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहार, मणिराम भण्डारी, लालबहादुर रावल र अम्बरबहादुर लिम्बू (इजम)को उम्मेदवारी परेको छ । कोषाध्यक्षमा टीकालक्ष्मी चौधरीको उम्मेदवारी परेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।