ताजा अपडेट »

बुटवलको उजिर सिंह माविले हीरक जयन्ती विविध कार्यक्रम गरी मनाउँदै

सोमबार, २५ मंसिर २०८०, १७ : ०३
58 Shares

बुटवल । बुटवल उपमहानगरपालिका वार्ड २ मा रहेको उजिर सिंह माविले आफ्नो स्थापनको ६० औं वर्ष हीरक जयन्तीका रुपमा मनाउने भएको छ । पुस ७ गते परेको स्थापनाको ६० औं वसन्तलाई हीरक जयन्तीका रुपमा विद्यालयले मनाउने भएको हो । हीरक जयन्तीलाई सप्ताहब्यापी कार्यक्रम गरेर विद्यालयले मनाउने भएको सोमबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

हीरक जयन्ती मुल समारोह समितिका संयोजक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमलबहादुर शाक्यले हर्षोउल्लासका साथमा हीरक जयन्ती मनाउने गरि तयारी थालिएको जानकारी दिए । मंसिर २५ गतेदेखि पुस ७ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेर हीरक जयन्ती मनाउन थालिएको छ ।

विद्यालयका प्रधानअध्यापक पदमराज ज्ञवालीले सोही अवसरमा सोमवार मंसिर २६ गते विद्यालय परिषरमा वृहद रक्तदान, मंसिर २७ गतेदेखि पुस १ गतेसम्म जिल्लास्तरीय भलिवल प्रतियोगिता, पुस १ गतेनै अन्तरसदनात्मक भलिवल प्रतियोगिता, पुस २ गते टोल विकास संस्थास्तरीय हाजिरीजवाफ प्रतियोगितासँगै साहित्यिक कार्यक्रम, पुस ३ गते विभिन्न खेलकुद प्रतियोगिता, पुस ४ गते नगरस्तरीय विद्यालय वक्तृत्वकला प्रतियोगितासँगै साँस्कृतीक कार्यक्रम र पुस ५ गते नगरस्तरीय विद्यालय साँस्कृतिक प्रतियोगिता गरिने छ ।

पुस ७ गते हीरक जयन्ती मुल समारोह र सोही दिन उजिर सिंह स्मारीका विमोचन, विभिन्न क्षेत्रका ब्यक्ति तथा संघसंस्थालाई सम्मान कार्यक्रम हुने छ । मुल समारोहको पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
विद्यालयका प्रअ ज्ञवालीले एक हजार एक सय ६६ जना विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा २८ शिक्षक कर्मचारीले अध्यापन गराउदै आएको उल्लेख गर्दै प्राचार्य ज्ञवालीले विद्यालय आर्थिक रुपले समस्यामै रहेको बताए । पत्रकार सम्मेलनमा विद्यालयका राजमार्ग वारी र पारि गरि ३१ वटा सटर विद्यालयका नाममा रहेतापनि ति मध्य केहीको मात्र भाडा उठ्ने गरेको बताउदै विद्यालय संचालनका लागि समस्या रहेको बताएको छ ।

विद्यालयका शिक्षक यमप्रसाद श्रेष्ठको संचालनमा भएको पत्रकार सम्मेलन कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, शिक्षक अभिभावक संघका सुहाबहादुर नेपालीलगायतले आ आफ्ना भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।