ताजा अपडेट »

२३ औं सन्त निराकारी समागमको पुर्वसन्ध्यामा रक्तदान

आइतबार, २७ फागुन २०८०, १६ : २०
34 Shares

काठमाडौं । २३ औं  नरंकारी सन्त समागमको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

भक्तपुरको तिनकुनेमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दर्जनौं व्यक्तिहरुले रक्तदान गरेका आयोजक सन्त निरंकारी मण्डल नेपालले जानकारी दिएको छ ।

शिविरमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष  नरबहादुर रावल लगायतका पदाधिकारीहरुको सहभागिता थियो । सन्त निरंकारीको २३ औं समागम चैत्र पहिलो साता नेपालमा हुँदैछ । जसका लागि भारतीय सुदीक्षा जी महाराजको सहभागी बन्नेछन् । 

कार्यक्रममा देशैभरका सन्त निरंकारीमा आस्थावान मानिसहरुको भेला हुनेछ । भारतबाट मानिसहरु सहभागी हुने बताइएको छ ।

हाल उक्त समागम कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले जनाएको छ । सन्त निरंकारी मिसन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।