ताजा अपडेट »

देवदह मेला सफल बनाउन छलफल

मंगलबार, २९ माघ २०७५, १३ : ३४
6 Shares

माघ २९,
बुटवल । रुपन्देहीको देवदहमा लाग्न थालेको मेलाको तयारी तिब्र पारिएको छ । मेला सफल बनाउनका लागि विभिन्न चरणका छलफल तथा गोष्ठीहरु पनि गरिएको छ । फागुन १६ देखि २७ गतेसम्म हुन लागेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको दिन नजिकिदै गर्दा मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघले स्थानीय संघसंस्थासँगको छलफललाई तिब्रता दिएको हो ।


छलफल कार्यक्रम अन्तरगत बाणिज्य संघले मंगलबार स्थानीय विभिन्न टोल विकास संस्थाका पदाधिकारी सँग छलफल गरेको हो । बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक गोपाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका भित्र रहेका विभिन्न टोल विकास संस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले मेला सफल बनाउनका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

यसैबीच संघले नगरभित्र रहेका पर्यटन समितिका संयोजकसँग तथा साँस्कृतिक उपसमितिले सांगितीक क्षेत्रमा रहेका ब्यक्तिसँग, प्रचारप्रशारका लागि स्थानीय युवासँग तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँगको छलफललाई मेला आयोजक मुल समिति तथा उपसमितिले छलफललाई तिब्रता दिएको हो । संघले विभिन्न समयमा स्थानीय सामाजिक तथा राजनीतिक संघसंस्थासँगको छलफललाई पनि निरन्तरता दिएको छ ।


उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार भन्ने नाराका साथ लाग्न थालेको मेलममा स्थानीय उत्पादन, कृषि, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने संघका महासचिव हरि भण्डारीले जानकारी दिनुभयो ।


फागुन १६ गतेदेखि लाग्ने मेलामा स्लो साईकल रेस, सिङ्गिङ आइडल, डान्सिङ आइडल, कपल डान्स, अन्तर आमा समूह लोक गीत प्रतियोगिता, अन्र्तर विद्यालय लोक गित प्रतियोगिता, खुल्ला लोक गीत प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने सांस्कृतिक उपसमिति संयोजक तेजु अर्यालले जानकरी दिनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।