ताजा अपडेट »

युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड छुट्याइयो, उखु उत्पादन प्रवर्द्धन गर्न ८० करोड

सोमबार, १५ जेठ २०८०, १७ : ३३
18 Shares

काठमाडौं । सरकारले उद्यमशिलता विकास गर्न स्थानीय सरकारकासँगको सहकार्यमा युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कार्यक्रमका लागि १ अर्ब २० करोड विनियोजन गरिएको बताए।

यसैगरी सरकारले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।