ताजा अपडेट »

टि.सि.एल.को ९८ इन्चको टिभी सार्वजनिक, चौधरी ग्रुपको सीजी कर्प ग्लोबलले भित्रायो नेपाली बजारमा

मंगलबार, ०६ चैत्र २०८०, ०६ : ४५
26 Shares

काठमाडौं । नेपालै अग्रणी व्यपारीक समुह चौधरी ग्रुप अन्तर्गतको सीजी कर्प ग्लोबलले टीसीएलको ९८ इन्च आकारको टिभी नेपाली बजारमा सार्वजनिक गरेको छ । । कम्पनीले टीसीएलकै प्याटेन्ट रहेको क्वान्टम डट प्रविधि युक्त सो टीभी नेपाल भित्रायाएको हो । टिसीएलको यो टिभी नेपालकै सबैभन्दा ठूलो टिभी भएको दाबी समेत कम्पनीले गरेको छ । 

आजै नेपाली बजारमा सार्वजनिक गरीएको यो टिभीको मुल्य आठ लाख १२ हजार ४९० रुपैयाँ राखिएको छ । यो टिभीले एक अर्बभन्दा बढी जीवन्त र सटीक रङ्गहरू देखाउने कम्पनीको दाबी रहेको छ । चलचित्र हेर्ने, खेल खेल्ने वा स्ट्रिमिङ सामग्री रुचाउने प्रयोगकर्तालाई यसले बेजोड चमक र रंगहरूका साथ गहिराइमा डुब्न सघाउने उल्लेख छ । 

यो टिभीको सम्पूर्ण स्क्रिनलाई ५०० भन्दा बढी जोनमा विभाजित गरिएको छ । जसका कारण ब्याक लाइट र तस्विरको सटीक सन्तुलन कायम हुने गर्छ । एचडीआर १३०० निट्स ब्राइटनेस रहेको यो टिभीले इमर्सिभ अनुभवका साथै आश्चर्यजनक चमक र कन्ट्रास्ट दिने गर्दछ । फोरेक अल्ट्रा एचडी ९३८४०x२१६०० रेजोलुसन भएको यो टिभीको रिफ्रेश रेट डीएलजी २४० हर्ज रहेको छ ।

एआई पिक्चर क्वालिटी प्रोसेसरभएकोले यसमा प्राकृतिक संसार जस्तै जीवन्त रंग, उत्कृष्ट कन्ट्रास्ट र क्रिस्टल क्लियर पिक्चर क्वालिटी पाउन सकिन्छ । ओक्यू २ं.० सीएच ५० वाट हाई–फाई अडियो प्रविधि जडित क्यूडी–मिनी एलईडी टिभीले मनमोहक स्टेरियो साउन्ड र बास नोट दिने भएकाले होम थियटरको अनुभवलाई नयाँ उचाइहरूमा पुर्याउने आशा गर्न सकिन्छ । 

गेमिङ मास्टर २ं०, एएमडी फ्रिसिंक प्रिमियस प्रोले कुनै रुकावट बिना गेमिङ अनुभव प्राप्त गर्न सघाउँछ । यसमा रहेका गेम पिक्चर मोड र एमिङ एड जस्ता सुविधाले गेमप्लेको एक्योरेसी बढाउँछ । स्लिम र युनिबडी डिजाइन रहेका हुदो यो टिभीमा सिमलेस प्यानल पाउन सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।