ताजा अपडेट »

सुनको मूल्य स्थिर

बुधबार, ०७ चैत्र २०८०, १२ : ३५
34 Shares

काठमाडौं । सुनको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।