ताजा अपडेट »

२६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

विहीबार, ०८ चैत्र २०८०, ११ : ११
60 Shares

काठमाडौं । सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० र  तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँमा  कारोबार भइरहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।