ताजा अपडेट »

आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

विहीबार, १६ चैत्र २०७९, १२ : ३०
52 Shares

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सकभर आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने प्रयास भइरहेको बताएका हुन् । 

‘सकेसम्म आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ। आज सकिएन भने भोलि बिहान होला। काम हाम्रो सकिएको छ। एक/दुईवटा मन्त्रालय मिलाउन बाँकी छ। अरु टुंगिएको छ ।’ उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।