ताजा अपडेट »

राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माले आज उम्मेदवारी दर्ता गराउँदै

सोमबार, २८ फागुन २०८०, ०८ : १०
190 Shares
सोमबार, २८ फागुन २०८०
190 Shares

काठमाडौं । ​​राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ । बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उमेदवारी दर्ताको समय निर्धारण गरिए संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजै साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुँदैछ । राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माबीच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले शर्मा र माओवादीले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धन सहजै जित्ने अवस्थामा छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनका तर्फबाट माओवादीको १७, एमालेको १०, नेकपा एकीकृत समाजवादीको ८ र लोसपाको ३ गरी ३८ सिट छ । कांग्रेसको १६ र लोसपाको एक सदस्य छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।