ताजा अपडेट »

१० वर्षीया बालिकामाथि बलात्कार आरोपमा बुवा पक्राउ

बुधबार, ०६ पुस २०७९, १७ : ५०
24 Shares

धनगढी । कञ्चनपुरमा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ । घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए । हिजो राति नै बालिकाको स्वास्थ्य चेकजाँच गरिएको उनले बताए । बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।