ताजा अपडेट »

१० स्वर्णसहित तिलोत्तमाको कुंवरवर्तीलाई जिल्ला स्तरीय दोस्रो ‘कालिका रनिङशिल्ड’

मंगलबार, ०५ पुस २०७९, १८ : ५५
18 Shares

बुटवल । रुपन्देहीको बुटल स्थित कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ आंै वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजित दोस्रो कालिका रनिङशिल्ड तिलोत्तमाको कुंवरवर्ती ईङ्गलिस बोर्डिङ स्कुलले जितेको छ । कुंवरवर्तीले १० स्वर्ण, ३ रजत १ कास्य पदकसहित उपाधि हात पारेको हो । आयोजक कालिका मानवज्ञान ९ स्वर्ण, ५ रजत, १ कास्य जित्दै दोस्रो र २ स्वर्ण २ रजत जित्दै बुटवलको एभरेष्ट बोर्डिङ स्कुल तेस्रो भएको छ ।

प्रतियोगिताको प्रथम, दितीय र तृतीय भएका विद्यालयले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्ने भएको छन् । प्रतियोगिता अन्तरगत मँगलबार भएको अन्तिम खेल, छात्र भलिबलको उपाधि कुंवरवर्ती इङ्गलि बोर्डिङ स्कुलले हात पारेको छ । फाइनल खेलमा उजिरसिंह माविलाई ३–१ को सेटमा जित निकाल्दै स्वर्ण हात पारेको हो । छात्र भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु होराईजन ई. बोर्डिङ स्कुलले कालिका मानवज्ञानलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ ।

छात्रा भलिबलको फाईनल खेलमा एभरेष्ट ई बोर्डिङ स्कुलले न्यु होराईजन ई बोर्डिङ स्कुलमाथि ३–० को सेटमा खेल जित्दै स्वर्ण हात पार्यो । यसैगरि तेस्रो स्थानका लागि भएको खेलमा दीप बोर्डिङ स्कुलले नवज्योति माविलाई २–० सेटमा पराजित गरेको छ । छात्र कबड्डीको फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माविले शिवपुर माविलाई ११३–२८ अंकले पराजित गर्दै स्वर्ण हात पारेको छ । क्यानन् ई बो स्कुल तेस्रो भएको छ । छात्रा कबड्डीको उपाधि भने न्यु होराईजन माविले जितेको छ । फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माविलाई ४२–३५ अंकले जित्दै स्वर्ण हात पारेको हो ।

यसैगरी कालिका मानवज्ञान माबिको प्रशंसा भट्टराई शेर बहादुर गुरुङ जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम भएकी छन । शेर बहादुर गुरुङ अक्षयकोष २०६७ द्वारा कालिका मानवज्ञान माविको ६२ औं वार्षिकोत्सब अवसरमा जिल्लास्तरीय अन्तर माबि कविता प्रतियोगिता सञ्चालन गरिएको थियो । ‘युवा र राजनीति’ शिर्षकमा राखिएको कविता प्रतियोगितामा दीप बोर्डिङ हाइ स्कुलकी अञ्जली पान्डे र मणिमुकुन्द माविकी प्रतिभा अर्याल क्रमशः द्वितीय र तृतीय भएका थिए । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका कार्यक्रम संयोजक बिबेकराज पोख्रेलले बताए । प्रतियोगितामा दिल साहनी, ऋषिराम अर्याल र टेकराज अर्यालले निर्णायकको भूमिका निभाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।