ताजा अपडेट »

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु

आइतबार, ११ मंसिर २०७९, १३ : ५९
26 Shares

काठमाडौं । इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । 

पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् । बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाएका छन् । सुनसरी ४ मा भने सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् ।

उनले २३ हजार ४३९ मत ल्याएर अग्रता लिइरहँदा एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतसहित पछ्याइरहेका छन् । रोकिएको दुवै क्षेत्रको मतगणना अहिले  भइरहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।