८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

नेपालगञ्ज । बाँकेमा छुट्टाछुट्टै घटनामा आज दुईजनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा एक एकजनाको मृत्यु भएको हो ।

Advertisement

नेपालगञ्ज उपमहानगरपालिकाको आरम्भ पुनःस्थापना सुधार केन्द्रमा बढैयाताल गाउँपालिका–८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

उनी एक साताअघि मात्रै उक्त सुधार केन्द्रमा आएका थिए। अधिकारीको मृत्युका विषयमा अनुसन्धान अघि बढायएको उनले बताए। त्यस्तै कोहलपुर–७ स्थित जङ्गलमा आज एक बालकको शव फेला परेको छ। कोहलपुर–१४ का अन्दाजी १६ वर्षीय बालकको शव फेला परेको प्रहरी नायव उरीक्षक घर्तीले जानकारी दिए ।

उनको शरीर र टाउकोमा चोट छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानको क्रममा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित