ताजा अपडेट »

पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम

मंगलबार, ३१ साउन २०७९, २२ : ०८
14 Shares

काठमाडौं। नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने बताएको छ । मंगलबार मात्र भारतबाट मूल्य घटेर पेट्रोलियम पदार्थ प्राप्त भए पनि अझै ऋणको दायित्व रहेकाले हाललाई मूल्य यथावत् नै राख्ने निर्णय भएको निगमले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए । उनका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी छ ।

सरकार र वाणिज्य बौंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमको दाबी छ ।

मंगलबार निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य पछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्याँसमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।