ताजा अपडेट »

जन्मदिनमा रक्सी खाएर ट्रक चालकलाई आक्रमण गर्न खोज्ने पाल्पाका श्रेष्ठको ट्रकबाट खसेर मृत्यु

मंगलबार, ३१ साउन २०७९, ११ : ५०
6 Shares

बुटवल । गयराति ट्रक चालक र सहचालकमाथि आक्रमण गर्न खोज्ने एकजना युवकको ट्रकबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन ८ जरेपिपलका २५ वर्षिय विक्रम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । गयराति बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको ग २ ख १०१५ ट्रकलाई बाटो छेकी सहचालकलाई आक्रमण गर्न खोज्ने युवाहरु मध्यका श्रेष्ठको ट्रकबाट खसेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक श्रेष्ठकै जन्मदिन मनाएर मदिरा सेवन गरि सडकको बिचमा सुतिरहेको अवस्थामा ट्रकले हर्न बजाएर बाटो छाड्न संकेत गरेकोमा श्रेष्ठसहितका ३/४ जना युवाले ट्रक चालक र सहचालकलाई आक्रमण गर्ने क्रममा ट्रकबाट खसेर घाईते भएका श्रेष्ठको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएपनि ट्रकमाथि आक्रमण गर्ने अन्य युवाहरुलाई भने पक्राउ गरेको छैन । घटनामा संलग्न युवाहरु प्रहरीको सम्पर्कमा रहेको र अनुसन्धान भइरहेको पाल्पा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गौतम बोहोराले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।