ताजा अपडेट »

२४ वर्षीया पुष्पा बुढाथोकी १ महिनादेखि सम्पर्कबिहीन

सोमबार, ३० साउन २०७९, ११ : २४
48 Shares

बुटवल । एक महिला परिवारदेखि झन्डै एक महिना यता सम्पर्कबिहिन भएकी छन। नेपालगन्ज उपमहानगरपालिका–५ डीएसपी चोककि २४ वर्षिय पुष्पा थापा बुढाथोकी साउने संक्रान्ती मनाउन नेपालगन्जबाट माइत दाङको सतबरिया उचानिम्बु भन्ने ठाउँ जान्छु गएकी पुष्पा माइतीघरबाट नै सम्पर्क बिहिन भएकी हुन।

पुष्पाका श्रीमान सनसिल सिंह बुढाथोकी ४ महिना अघि मात्रै वैदेशिक रोजगारको सिलसिलामा युएई गएका छन। घरबाट सम्पर्कबिहीन भएको १ महिना भए पनि १० दिन अघि अगाडी आफ्नो दुबईमा भएका श्रीमानलाई अरुको नम्बरबाट फोनबाट फोन गरेर आफू सन्चै भएको बताएकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।