२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

कायरो । अतिवादी समूह अलकायदाको नयाँ प्रमुखमा सेफ अल–अदेल चयन हुन सक्ने अनुमान गरिएको छ । अल कायदाका नेता आयमान अल जवाहिरीको हत्यापछि उनको उत्तराधिकारीमा अदेलको सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जवाहिरी अमेरिकी ड्राेन हमलामा अफगानिस्तानको राजधानी काबुलमा मारिएका थिए ।

Advertisement

मिडल इस्ट इन्स्टिच्युटका अनुसार सेफ अल–अदेले अलकायदाको नेतृत्व हाँक्ने सम्भावना छ । अमेरिकी गुप्तचर एजेन्सीहरूका अनुसार इजिप्टका पूर्वसैन्य अधिकारी अदेल अल कायदाका संस्थापक सदस्यसमेत हुन् । सन् १९८० को दशकमा उनी पूर्वअतिवादी समूह मक्ताब अल–खिदमतमा संलग्न थिए ।उनले सो अवधिमा बिन लादेन र अयमान अल–जवाहिरीलाई भेटे र उनीहरूको समूह इजिप्टियन इस्लामिक जिहाद (ईआईजे)मा सामेल भएका थिए । उनले सन् १९८० को दशकमा अफगानिस्तानमा रुसी सेनासँग पनि लडेका थिए ।

अदेल कुनै समय ओसामा बिन लादेनका सुरक्षा प्रमुख पनि थिए । उनी सन् २००१ देखि एफबीआईको मोस्ट वान्टेड सूचीमा छन् । अमेरिकाले उनको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर पुरस्कार घोषणा गरेको छ । जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका थिए  । अमेरिकी कारबाहीमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । 

इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि  उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।

यसैबीच, जवाहिरीको हत्याको अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले स्वागत गरेका छन् । दोषीलाई न्याय मिलेको ओबामाले टिप्पणी गरेका छन् ।-एजेन्सी 

प्रतिकृया दिनुहोस्

Flash News

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा