ताजा अपडेट »

राप्रपा पनि फागुन ७ देखि देशव्यापी संघर्षमा

मंगलबार, २२ माघ २०७५, ०५ : ३३
8 Shares


माघ २२,

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराष्ट्र पुनस्र्थापनालगायतका माग राखी देशव्यापीरुपमा गर्न लागको संघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने भएको छ ।

दुई दिनदेखि चलेको केन्द्रीय कार्यसमिति बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र सर्वसम्मतले पारित गर्दै संघर्षका कार्यक्रमलाई शसक्त बनाउने निर्णय गरेको हो ।

सोमबार सम्पन्न बैठकले पार्टीको मागका बारेमा आउँदो फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री, प्रदेश राजधानीमा मुख्य मन्त्री र जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । -नेपाल समाचारपत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।