ताजा अपडेट »

अर्थमन्त्री शर्माले दिए राजीनामा

बुधबार, २२ असार २०७९, १६ : ३२
2 Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका अर्थ मन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्सीय संसदीय विशेष समिति छानबिन समिति बनाएका छन् ।

उक्त समितिमा खगराज अधिकारी, भुष्पा भुसाल गौतम, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मण लाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव छन् । सो समितिलाई कार्यावधि १० दिनको समय दिइएको छ । काम प्रारम्भ गरेको दिनदेखि कार्यावधि दिन गणना हुने सभामुख सापकोटाले जानकारी दिए ।

बजेट सार्वजनिक हुने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने आरोपमाथि छानबिन गर्न समितिलाई निर्देशन दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।