२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

बुटवल । लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आईतबार खोलिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको हो । दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउँन सिसिटिभि क्यामेरा जडान गरि गणना शुरु गरिएको छ ।

Advertisement

लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुले पवित्र भावनाले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरि दानपेटिका सबैपक्षको रोहवरमा खोलिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले बताए । उनले आफूले कोषाध्यक्ष पद समालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए । उनका अनसार आईतबार एउटा मात्रै दानपेटिका खोलिएको छ ।

चार वटा दानपेटिका खोलेर संकलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने कोषाध्यक्ष भट्टराईले बताए । विगतमा दानपेटिका चोरी हुने गरेको घटना समेत बाहिरिएको थियो । तर, अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था समेत चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताए । उनले दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरुन्तै बैंकका दाखिला गर्ने गरिएको बताए ।

राजस्व शाखा, लुम्बिनि सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी साँस्कृतिक नगरपालिका प्रतिनिधिहरुको उपस्थितीमा दानपेटिका खोलिएको बताए । यसअघि २०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो । १५/१५ दिनमा दानपेटिका खोल्नुपर्ने भएपनि दानपेटिका भरिएपछि मात्रै खोल्ने गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताए ।अघिल्लो पटक दानपेटिकामा ३७ लाख दान संकलन भएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रुपमा दानलाई लिने गरिएको छ ।

आन्तरीक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । कोभिडपछि भने दानपेटिका लामो समयसम्म खाली हुने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि भने भारतीय पर्यटकको आवागमन बृद्धि भएको कोषले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप