ताजा अपडेट »

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थप

विहीबार, १६ असार २०७९, ११ : १५
8 Shares


काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्‍याइएको हो । कम्पनीले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई १०० अंकित मूल्यमा ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीयलाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आईपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । 

यो आइपीओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आईपीओ भर्न सक्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।