ताजा अपडेट »

रोटरी क्लब भैरहवाद्वारा तिलोत्तमास्थित विद्यापिठका विद्यार्थीलाई कम्प्युटर तथा झोला वितरण

बुधबार, १५ असार २०७९, २१ : ५६
6 Shares

बुटवल । रोटरी क्लब अफ भैरहवाले श्री दुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापिठका बटुकहरुलाई कम्प्युटर तथा झोला वितरण गरेको छ । क्लबले बुधबार तिलोत्तमा–१४, दुर्गानगरस्थित विद्यालयमा एक समारोहकबीच उक्त सामग्री प्रदान गरेको हो।

क्लबका अध्यक्ष चक्रमणि आचार्यको अध्यक्षता ,तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणको प्रमुख अतिथ्यतामा भएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुखले स्थापना को छोटो समय मै समाजमा प्रभाव पार्ने कार्य क्लबले गरेको बताए।

त्यसैगरी विद्यापिठका अधक्ष्य चन्द्रमणि पौडेल ले रोटरी क्लब अफ भैरहवाले आफनो विद्यापिठलाई विभिन्न समयमा सहयोग गर्दे आएको र आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरे ।

कार्यक्रम संयोजक रामप्रसाद पन्थीले रोटरीको बारेमा विद्यार्थीहरुलाई संक्षिप्त परिचय दिँदै निस्वार्थ भावनाले क्लबमा जोडिएको बताए । उनले संसारबाट पोलियो उन्मुलनमा रोटरीले महत्व पूर्ण भूमिका खेलेको उल्लेख समेत गरे।

क्लबका अध्यक्ष चक्रमणी आचार्यले विभिन्न कार्यक्रममा जाँदा बटुकहरुले कहिले हातमा कहिले प्लास्टिकमा किताब बोकेर हिँडेको देख्दा स्कुल ब्याग वितरण गर्न मन लागेको बताए। साथै उनले नगरपालिकाले विद्यापिठको १४ कट्ठा जग्गामा तार बार गरिदिएमा रोटरी क्लब अफ भैरहवाले वृक्षारोपण गरिदिने प्रतिवद्धता ब्यक्त गरे ।

कमल कोइरालाको सचालनमा सम्पन्न भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष राज कुमार गुप्ता, प्रेसिडेन्ट इलेक्ट पवन पौडेल, प्रेसिडेन्ट नोमिनी उमेश चन्द्र आचार्य, समाजसेवी भिम प्रसाद अधिकारी लगायत क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । सो विद्यापिठमा कक्षा १० सम्म पढाई हुने गरेको छ। साथै विद्यालयमा अहिले ७० जना विद्यार्थीहरु आवासीय रुपमा अध्यन गर्दै गरेको विद्यालयले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।