ताजा अपडेट »

खेलजस्तै राजनीतिमा स्वच्छ प्रतिष्पर्धा गर्न दलहरुले सिक्नु पर्दछ : पूर्व उपप्रधानमन्त्री पौडेल

शनिबार, ११ असार २०७९, २१ : ३०
8 Shares

बुटवल । पूर्व उपप्रधान मन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले खेल प्रतिश्पर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिश्पर्धा सिक्नुपर्ने बताएका छन्।

मदन भण्डारी स्पोटर्स एकेडेमीको छात्राछात्रा भलिबल प्रतियोगिताको शनिबार बुटवलमा उद्घाटन गर्दै उनले राजनीतिमा देखिएको स्वार्थ र अस्वस्थ प्रतिष्पर्धा हटाउन खेलका विधि र तरिकाहरुलाई जस्तै स्वच्छ विधि अवलम्बन गर्नुपर्ने बताए । यसका लागि युवाहरु र अन्य क्षेत्रबाट समाजमा भूमिका खेलेका व्यक्तिहरुको पनि ठूलो सहयोग चाहिने उनले बताए ।

खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउँदै उनले सबैका लागि खेल गतिविधि गरिनु पर्ने बताए । एमाले सरकारले खेलको विकासका लागि प्रदेश स्तरीय खेलमैदान , एक पालिका एक खेलमैदान कार्यक्रम र खेल पूर्वाधारको स्तरोननति गरेको उनले सम्झे ।

पौडेलले बुटवलमा अन्तराष्ट्रि स्तरको खेलकुद कम्प्लेक्सको माग भएको बताउँदै त्यसको निर्माणका लागि आफूले् अगुवाइ गर्ने बताए । ‘खेल मैदान, खेल पूर्वाधार अभावमा खेलाडीहरुले गतिविधि गर्न नपाउने अवस्था हुनु हुँदैन । ’उनले भने । प्रतिष्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारबाट प्रभावित मदन भण्डारी एकेडेमीले खेल गतिविधि गर्न देश युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा बोल्दै नेसनल नेपाल अस्पताल काठमाडौंका अध्यक्ष डा. प्रकाश पौडेलले एकेडेमीका खेलाडी र सदस्यलाई उपचारमा २५ प्रतिशत छुट र एम्बुलेन्स छुट सहितका सुविधाको घोषणा गरे । कार्यक्रमका अध्यक्ष ध्रुब आचार्यले ७१ औं मदन जयन्तीका अवसरमा भएका प्रतियोगिता र खेल गतिविधिबारे जानकारी दिए। प्रतियोगिता संयोजक बुद्धी बश्यालले प्रतियोगिताबारे जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।