१९ असार २०७९, आईतवार

Jul 3, 2022

काठमाण्डौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । यसले असार १ गतेदेखि ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको थिर्यो । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

यसअघि कम्पनीले चैत २९ गतेबाट वैशाख ७ गतेसम्म संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो ।उक्त समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम लुम्बिनीमा दानपेटिका खोलियो