ताजा अपडेट »

रुपन्देहीको देवदहकी २६ वर्षीया पाण्डे झुन्डिएको अवस्थामा फेला

मंगलबार, ०७ असार २०७९, १० : ३७
6 Shares

बुटवल। रुपन्देहीको देवदहमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। देवदह नगरपालिका-५ खैरेनी स्थित सिद्धार्थ कोलोनी बस्ने २६ वर्षिया हेमा पाण्डे सोमबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पाल्पा अर्गेली घर र गुल्मी हुँगा माइत भएकी पाण्डे करिव सात महिनादेखि खैरेनीमा डेरामा वसोवास गर्दै आएको प्रहरीले बताएको छ । उनका श्रीमान दुई महिनाको बिदा सकेर एकसाता अघि मात्रै विदेश फर्किएका थिए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।