ताजा अपडेट »

बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी

शुक्रबार, ०६ जेठ २०७९, ०६ : ००
6 Shares

परासी । पश्चिम नवलपरासीको बर्दघाटमा मेयर, उपमेयरमा गठबन्धनका नेपाली काग्रेंसले मेयर र नेकपा माओवादीले जित हासिल गरेका छन् । यो नगरपालिकामा यसअघि एमालेले मेयर जितेको थियो । मेयर पदमा अहिलेकै उम्मेदवार धिरज शर्मा बस्यालले उम्मेद्धारी दोहोरएका थिए । उपमेयरमा भने नेकपा माओवादीले रुद्र प्रकाश उपाध्यायलाई उमेदवार उठाएको थियो ।

निवर्तमान मेयर बस्याल नेपाली काग्रेंसका श्रेष्ठसँग ५ हजार २ सय ७१ मत अन्तरले पराजित भएका हुन् । बस्यालले १३ हजार २ सय १८ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार श्रेष्ठले १८ हजार ४ सय ८९ मत ल्याएर विजयी भएका हुन् । उपमेयरमा भने नेकपा माओवादीका रुद्र प्रकाश उपाध्याय विजयी भएका हुन् । उपाध्यायले एमालेकी तारा राना मगरलाई ७ सय ६८ मत अत्तरले पराजित गर्दै उपमेयरमा विजयी भए । निर्वाचित उपाध्यायको १४ हजार ५ सय ९५ मत छ । भने राना मगरले १३ हजार ८ सय २७ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।