ताजा अपडेट »

बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता

विहीबार, ०५ जेठ २०७९, २० : ४२
2 Shares


बुटवल । स्थानीय तह निर्वाचन–२०७९ को मतगणना जारी छ । जसअन्तर्गत बुटवल उपमहानगरको मत गणना पनि जारी छ । जारी मतगणना मतगणनामा गठबन्धनबाट कांग्रेसका उम्मेद्वार खेलराज पाण्डेय अत्यधिक मतले अग्रता लिँदै आएका छन् । पछिल्लो नतिजाअनुसार उनले २२ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार बाबुराम भट्टराईले १६ हजार ५ सय ९० मत प्राप्त गरेका छन् । पाण्डेयले ६ हजार १ सय ८२ मतले अग्रता लिएका छन् । त्यसैगरी प्रमुखका अर्का प्रत्यासी राप्रपाका मिगेन्द्र शेरचनले २ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालले अग्रता कायम गर्दै आएकी छन् । उनले हालसम्म १६ हजार ६ सय १ मत प्राप्त गरेकी छन् । उनका प्रतिष्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका चिन बहादुर गुरुङले ११ हजार ८ सय ३७ मत प्राप्त गरेका छन् । एमालेकी अर्यालले पनि ४ हजार ७ सय ६४ को फराकिलो मतले गठबन्धका गुरुङसँग अग्रता लिएकी छन् । उपप्रमुखकी अर्की उम्मेदवार राप्रपाकी भगवती पाण्डेले ४ हजार ६ सय २१ मत प्राप्त गरेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।