ताजा अपडेट »

सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै

विहीबार, ०५ जेठ २०७९, १६ : ०२
2 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरप्रमुखका उम्मेद्वार फणिन्द्र शर्माले अग्रता कायम राखेका छन् । पछिल्लो प्राप्त मत परिणाम अनुसार शर्माले १३ हजार ५६ प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका चित्रबहादुर कार्कीले १२ हजार ४२ मत प्राप्त गरेका छन् ।

नगर उप प्रमुखमा भने एमालेकी बिना राना मगरले अग्रता लिएकी छन् । रानाले १२ हजार ६०१ मत प्राप्त गर्दै अग्रता कायम राखेकी हुन् । गठबन्धन दलका नेकपा माओवादी केन्द्रका नारायण महतले ११ हजार ५५१ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।