२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाडौं । गाउँलेले ‘माम काइँली’ भनेर बोलाउँछन्, फूलमाया तामाङलाई । उनी उमेरले ७० वर्ष छेउछाउ पुगिन् । संसारमा कमै मान्छेले दुःख पाएका छन् भने ती कम मान्छेमा सायद फूलमाया पनि पर्छिन् ।

Advertisement

उनले दुःखको दिन र रात कटाएको वर्षौं भयो । पेटभरी खाना खाएको पनि वर्षौंदेखि हो । भएको एक छोरा पनि दुई दशकदेखि बेपत्ता छन् । ‘आखे काइँला’ भनिने उनका श्रीमान् दिवंगत भएको पनि वर्षौं भयो ।उनको घर भने पाँचथरको तुम्बेवा गाउँपालिका–१, साविक आङना–५ रातमाटेमा छ । यही ३ जेठमा भने केही चिनेका र नचिनेका मानिसहरू उनको घरमा आए । चिनेकामध्येमा थिए, अजेन्द्र वाइबा तामाङ र पपेन्द्र तामाङ । दुवै जना उनी व्यवसायी हुन् । 

रातमाटे नै घर भएका अजेन्द्रसँग जिल्ला सदरमुकाम फिदिमदेखि साथमा गएका थिए, राजेन्द्र अधिकारी । उनीहरू दुवै जना माम काइँलीले केही दिन भए पनि पेटभरी खान पाऊन् भनेर चामलको बोरा लिएर हुन् । घरको डिलमा ५० किलो चामलको बोरा राखिएपछि माम काइँली मुस्कुराइन् । उनी तामाङ भाषा मात्र बोल्छिन् । खस–नेपाली भाषा बोल्न जान्दिनन् । र, भनिन्, ‘तिजा चु ?’ अर्थात् के हो यो ?
अजेन्द्रले भने, ‘म्ला माम । कान चाउ बिसी बासी पिन्बा ।’ (चामल हो आमै । भात खानु भनेर चामल ल्याइदिएको । 

यति भनेपछि उनी खुसी भइन् । उनको घरमा अन्न सकिन लागेको छ । खेत छैन । बारीमा फलेको मकैले उनलाई वर्षभरी खाना खान पुग्दैन ।  तर, राजेन्द्र र अजेन्द्रले चामल लगिदिएपछि उनलाई केही महिनाका लागि ढुक्क भएको छ । राजेन्द्रले उनलाई एउटा लुङ््गी पनि दिए । लुङ्गी थाप्दै फेरि मुस्कुराइन् माम काइँली । यसअघि पनि अधिकारीसहित फिदिमका अर्का युवा समाजसेवी कमल थपलियालगायतले पनि केही वर्ष वर्ष आर्थिकसँगै खाद्यन्न र लत्ताकपडा सहयोग गरेका थिए । त्यसबेला हाँसेकी माम काइँलीलाई राजेन्द्र, अजेन्द्रसहितले फेरि सहयोग गरेर हँसाए । 

माम काइँलीलाई मात्र होइन, उनीहरूले सोही गाउँका सञ्चित तामाङ र मिठुमाया तामाङलाई पनि चामल दिए ।  उनीहरूलाई पनि आफ्नो बारीमा फल्ने अन्नले वर्षभरी खान पुग्दैन । गाउँमा काम गर्न सक्ने अवस्थामा पनि उनीहरू छैनन् । दुवैमा शारिरीक र मानसिक अपाङ्गता पनि छ । आमा पनि कमाएर ल्याउन सक्ने स्थितिमा छैनन् । बुबा दिवंगत भएको एक दशक जति भइसक्यो ।  बेसहारा जस्तै बनेका उनीहरूलाई चामल सहयोग गरेपछि राजेन्द्र, अजेन्द्र र पपेन्द्रले फोटो खिचाए । 

यससँगै उनीहरूले गाउँकै परतेलडाँडाकी सानुमाया तामाङ र सिरानघरकी नरमायाँ तामाङलाई पनि ५० किलोका एक/एक बोरा चामल सहयोग गरे । दिन दुःखीहरूलाई सहयोग गरेपछि राजेन्द्रले भनेका छन्, ‘उहाँहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी छु ।’राजेन्द्र चर्चित समाजसेवी हुन् । समाजसेवामा समर्पित उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत भइसकेका छन् । अजेन्द्र पनि पछिल्ला समय समाजसेवामा जोडिँदै आएका छन् । 
 

प्रतिकृया दिनुहोस्

Flash News

भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग