ताजा अपडेट »

भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि

मंगलबार, ०३ जेठ २०७९, ०६ : ५२
6 Shares

चितवन । भरतपुर महानगरपालिकाका ४ वटा वडाको मतगणना सम्पन्न हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ३० मतको अग्रता कायम गरेकी छन् ।

हालसम्म १७ हजार ३४ मत गणना हुँदा दाहालले ५ हजार ७ सय १८ मत प्राप्त गरेकी छन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मतसहित पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत ल्याएका छन् । अब वडा नम्बर ५ को मतगणना सुरु गर्ने तयारी भइरहेको छ । भरतपुरमा २९ वटा वडा रहेका छन् । अब २५ वटा वडाको मत गन्न बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।