ताजा अपडेट »

धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल

सोमबार, ०२ जेठ २०७९, १० : ४५
4 Shares

धनगढी । सुदूरपश्चिमको एक मात्र  उपमहानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तर बढाएका छन् । धनगढी  उपमहानगरपालिका वडा नम्बर १, २, ३, १८ र १९ बाट गरी जम्मा ८ हजार ७०० मत गणना हुँदा स्वतन्त्र  उम्मेदवार हमाल ३८२९ मत ल्याउँदै  अग्र स्थानमा छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृपबहादुर वडले २०८५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार  चन्दले  ९३८ मत मात्रै पाएका  छन् । सुरुदेखि नेतृत्व गर्दै आएका हमालले ८ हजार ७०० मत गणना हुँदासम्म दलका उम्मेदवारभन्दा १७३८ मत बढी  ल्याएर आफूलाई बलियो बनाउँदै लगेका छन्  । 

अहिलेसम्म धनगढीका वडामध्ये १९ नम्बरमा मात्रै हमाल दलका उम्मेदवारभन्दा पछाडि परेका छन्। १९ नम्बर वडामा हमालभन्दा ३ मतले एमालेका रणबहादु चन्द अगाडि छन् । अन्य वडामा भने हमालकै अग्रता छ । धनगढी–१ मा मतगणना सकिएको छ भने अन्य वडामा जारी छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।