ताजा अपडेट »

गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण

सोमबार, ०२ जेठ २०७९, ०८ : ०८
4 Shares

भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज साेमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएकाे छ ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेकाे छ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेकाे छ ।

निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको पुगेकाे । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागी आइतबार नै भैरहवा पुगेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।