ताजा अपडेट »

गाउँघरमा सहज वित्तीय सेवा पुर्याउ

मंगलबार, २७ बैशाख २०७९, २० : ०७
4 Shares

रुरु स्थानीय तहकाे निर्वाचनका लागि राजनैतिक दलहरूका प्रतिबद्धता पत्र सार्वजनिक भईरहँदा रुरुक्षेत्रका ग्रामीण क्षेत्रमआ वित्तीय पहुँचकाे विषय भने छुटेकाे छ । यतिबेला रुरुक्षेत्रका बजार ईलाका हरुमा मात्र बैँक तथा वित्तीय सँस्थाहरु स्थापना भएका छन तर गाउँ घरका वित्तीय ग्राहक हरुले गाउँ घरमा वित्तीय सँस्था नहुँदा पैसा झिक्न हाेस या राख्न अथवा अन्य वित्तीय काराेवारका लागि रिडी बलेटक्सार लगाएतका बजार हरुमा जान बाध्य हुनु परेकाे छ ।

क वर्गका हुन या ख र ग वर्गका वित्तीय सँस्थाहरु बजार केन्द्रित छन नै सँगसँगै घ वर्गका लघुवित्त हरु जसले गाउँमा वित्तिय काराेवार गर्छन तर कार्यालय हरु भने शहर तिर केन्द्रित छन । याे क्षेत्रका ग्रामीण इलाकाका अत्यधिक वासिन्दा विदेश तिर छन खाडि मुलुककाे दुवई कतार साउदि सँगै अन्य देशहरु जापान काेरिया अमेरिका अष्ट्रेलिया वेलायत पाेर्चुगल लगायतका देशहरुमा छन ।

त्यहाँबाट आउने रेमिटान्स का लागि उनिहरुका घर परिवार बजारकै वित्तीय सँस्थाहरुमा पुग्नु पर्ने देखिन्छ । रुरुक्षेत्रकाे वडा न १ र ३ काे सँगम स्यालपाेखरी नया नाम चिन्तनका चौतारी ,रुरुक्षेत्र ३ काे बिहार पाेखरा ,काेट ,पानी टँकि ,रुरुक्षेत्र १ काे भट्कुवा ,पुलक्याम्प ,रुरुक्षेत्र २ काे वेँसिका चौर ,भन्ज्याँग पाेखरा ,वित्तीय सँस्थाका शाखा उपशाखा अथवा शाखा रहित बैँकिँग कार्यक्रम र लघुवित्तका शाखा स्थापना गर्न भौतिक पुर्वाधार भएका स्थान हरु हुन ।

त्यसाे त रुरुक्षेत्र गाउँ पालिकाकाे तथ्यांकमा यी गाउँहरूमा सहकारी हरु स्थापना भएकाे देखाउँछ तर यी सहकारी हरु झाेलामा सन्चालित छन र महिनाकाे एकपटक मात्र खुल्छन ,यहाँ सम्मकी सहकारीहरुका कार्यालय कहाँ छन कसैलाई अत्ताे पत्ताे छैन र मात्र सदस्यलाई रिण दिने महिनाकाे दुईचार सय उठाउने वाहेक रेमिटान्स सुविधा दिन सकेका छैनन । रुरुक्षेत्रका हरेक गाउँमा ईन्टरनेट ,विजुली सबैकाे सुविधा छ तर यति हुँदा-हुँदै पनि ग्रामिण इलाकामा वित्तीय सँस्था हरु छैनन ।

हामीले रुरुक्षेत्र १ र ३ काे सँगम स्यालपाेखरीमा एउटा वित्तीय सँस्थाकाे एक्सटेन्सन काउण्टरसँगै शाखा रहित बैँकिँगका लागि पहल गरेका छौँ एक दुई चरणका कुराकानी पनि भएका छन ,मुख्य रुपले निक्षेप सँकलन र रेमिट्यान्स भुक्तानिका लागि सहज हाेस भनेर प्रयास भएकाे रुरुक्षेत्र १ स्यालपाेखरीका युवा समाजसेवी घनस्याम ज्ञवालीले भने । पछिल्लो समय वित्तीय पहुँच पनि व्यक्तिकाे आधारभुत आवस्यकता भित्र पर्छ ,याे विषयमा पहल अत्यन्तै आवस्यक देखिएकाे छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।