ताजा अपडेट »

दाङमा वडाध्यक्षका उम्मेद्वार चौधरीको निधन

मंगलबार, २७ बैशाख २०७९, ११ : ४६
8 Shares

दाङ । तुलसीपुर १७ का वडाध्यक्ष पदका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार चौधरीको मंगलबार राति उपचारकै क्रममा निधन भएको छ ।

बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको विरामी रहेका थिए । यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित भई एक कार्य अवधी पुरा गरी सकेका चौधरीले यसपालीको निर्वाचनमा वडा अध्यक्ष पदमा चुनाव लडेका थिए । चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उहालाई उपचारकालागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगीएको थियो ।

तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएकोमा उहाको उपचारकै क्रममा निधन भएको एमाले तुलसीपुर नगर कमिटिका अध्यक्ष माधव वलीले जानकारी दिए । चौधरीको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।