१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

काठमाडौं । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । काठमाडाैंमाा शुक्रबार आयाेजित पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले सबैतिरबाट जनमोर्चामाथि आक्रमण भइरहेको बताए । 

Advertisement

आजभन्दा चार वर्षअघि वाम गठबन्धनमा समावेश भएको स्मरण गराउँदै उनले त्यो गठबन्धन टिक्न नसकेको बताए । ‘त्यो बेला हाम्रो समर्थन खेर गयो । झण्डै दुई तिहाई बहुमत पाएर नेकपा एमाले र माओवादी मिलेर सरकार चलाए । तर, पछि त बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई त संसद नै देख्नै नहुने समस्या भयो,’ केसीले भने । 

ओलीले संसद् विघटन गर्ने बेला नै जनमोर्चाले प्रतिगमनका विरुद्ध रहेको बताएको उनले स्मरण गराए । ‘त्यो बेला नै हामीले विज्ञप्ति जारी गरेर प्रतिगमन गठबन्धनका विरुद्धमा छौं भनेर विज्ञप्ति नै जारी गरेको थियौं,’ केसीले भने, ‘जबसम्म वामपन्थी र प्रजातान्तिक शक्तिहरू एक भएनन्, प्रतिगमन बलियो बनिरह्यो ।’अध्यक्ष केसीले अहिले प्रतिगठनकारीहरूले पाँच दलीय गठबन्धन अपवित्र भन्दै गाली गर्दै हिँडेको बताए । विगतमा गठबन्धन नगरेको भए प्रतिगमनले घुँडा नटेक्ने भन्दै उनले अहिलेको पाँच दलीय गठबन्धनभित्र समस्या रहेको बताए ।

‘पाँच दलभित्र प्रशस्तै विरोध छ । एक पार्टीभित्र त विरोध छ भने गठबन्धनमा हुनु स्वाभाविक हो,’ केसीले भने । गठबन्धनभित्रका अन्य दलले एमसीसी पास गराएपछि जनमोर्चा बाहिरिएको बताए । ‘एमसीसी पास गराउँदा हामीले गठबन्धनसँगको सहकार्य तोड्यौं । पछि चुनावको बेला फेरि एकजुट भयौं,’ केसीले भने । 

आफ्नो शक्तिअनुसार नै जनमोर्चाले स्थानीय तह निर्वाचनमा उम्मेदवार उठाएको बताए । ‘हामीले धेरै ठाउँ ताकेका छैनौं । धेरै ठाउँमा उम्मेदवार उठाउन हाम्रो शक्ति पनि त हुनुपर्‍यो । के कुरा ढाट्नु सत्य कुरा यही हो । हामीले सक्ने ठाउँमा उम्मेदवार उठाएका छौं, नसक्ने ठाउँमा अरुलाई सहयोग गर्छौं,’ केसीले भने । गठबन्धनभित्रका दलहरूले इमान्दारिताका साथ आफ्ना उम्मेदवारलाई जिताउनतिर लाग्नुपर्ने उनको भनाइ छ । 

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण