ताजा अपडेट »

भगवान बुद्ध र भगवान रामको शहरबीच भगिनी सम्बन्ध कायम

मंगलबार, २० बैशाख २०७९, १९ : ४६
6 Shares

भैरहवा । भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनी र भगवान रामको जन्मभूमि अयोध्या बीच भगिनी सम्बन्ध कायम भएको छ । नगर निगम अयोध्याले अयोध्या र लुम्बिनीबिच भगिनी सम्बन्ध कायम भएको औपचरिक पत्र लुम्बिनी सांस्कृतिक नगरपालिकालाई पठाएको छ ।

नगर निगम अयोध्याका मेयर ऋषिकेश उपाध्यायले बैशाख ९ गते पठाएको औपचरिक पत्रमा २ पवित्र शहरबिच भगिनी सम्बन्धको रुपमा विकसीत तथा सांस्कृतिक सहयोग आदान प्रदान गर्ने गरि सहर्ष सहमति दिईएको उल्लेख छ । पत्रमा लुम्बिनी भगवान गौतमबुद्धको जन्मस्थल भएको र यहिबाट गौतमबुद्धले विश्व शान्तीको सन्देश फैलाएको उल्लेख छ । भौगोलिक, सांस्कृतिक तथा पर्यटन, आर्थिक, शैक्षिक र प्रविधिको विकासको दृष्टिले अयोध्या धाम नगर निगम र लुम्बिनी सांस्कृतिक नगरपालिका आउने समयमा समान विकासमा सहायक हुने बताइएको छ ।

यस अघि फागुन १८ गते लुम्बिनी सांस्कृतिक नगरपालिकाका तत्कालीन नगर प्रमुख मनमोहन चौधरीले राम जन्मभूमि अयोध्या र बुद्ध जन्मभूमि लुम्बिनीको समग्र विकासको लागी भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव सहित अयोध्याधाम नगर निगमलाई प्रस्ताव पठाएका थिए । यसले दुबै शहरको भौगोलिक, सांस्कृतिक तथा पर्यटन, आर्थिक, शैक्षिक र प्रविधिको विकासको दृष्टिले महत्वपूर्ण सहयोग पुग्ने निर्वतमान नगर प्रमुख मनमोहन चौधरीले बताए ।
करोडौ हिन्दुहरुको आस्थाको केन्द्र रामजन्मभूमि अयोध्यामा दैनिक लाखौ तिर्थालुहरु आउने गरेका छन् । अयोध्यामा त्यहाको अदालतले राम मन्दिर निर्माण गर्ने फैसला सुनाए संगै यहाको महत्व झन बढेको नगर निगम अयोध्यामा मेयर ऋषिकेश उपाध्यायको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।