ताजा अपडेट »

तिलोत्तमा-७ मा अपाङ्गता भएका व्यक्तिहरुलाई सचेतना तथा अन्तरक्रिया

आइतबार, ११ बैशाख २०७९, १७ : २७
6 Shares

तिलोत्तमा । तिलोत्तमा वडा नम्बर ७का अपाङ्गता भएका व्यक्तिहरुका लागि वडास्तरीय सचेतना सम्बन्धी अन्तरक्रिया कार्य आइतबार सम्पन्न भएको छ । तिलोत्तमा नगर पालिकाको सहयोग र तिलोत्तमा वडा नम्बर ७ को अपाङ्ग सन्जालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अवसरमा वडा नम्बर ७ का वडा अध्यक्ष दुर्गा प्रसाद पाण्डेले अपाङ्गता भएका व्यत्तिहरुको क्षमता बुझी अपाङ्गता भएका व्यत्तिहरु अनुकुलताका कार्यक्रम सन्चालन गर्न आवश्यक रहेको र आगामी दिनमा आफ्नो सहयोग रहने बताए ।

वडाका विभिन्न अपाङ्गता भएका व्यत्तिहरु र सरोकारवाला ब्यत्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाकी अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण अपाङ्गता भएका व्यक्ति तथा महिला अधिकारकर्मी साबित्रा घिमिरेले सहजीकरण गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।