ताजा अपडेट »

जात्रामा रथले किचेर एक जनाको मृत्यु

सोमबार, ०५ बैशाख २०७९, २० : ०८
6 Shares

भक्तपुर ।  बिस्का जात्राको रथ तान्ने क्रममा रथले किचेर सोमबार एक जनाको मृत्यु भएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको भक्तपुर अस्पतालले जनाएको छ । 

जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेको थियो । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।