ताजा अपडेट »

मलेसियालाई ७ विकेटले पराजित गर्दै रुपन्देही च्याम्पियन

शनिबार, ०३ बैशाख २०७९, १६ : १९
4 Shares

राधेश्याम विश्वकर्मा
भैरहवा । भैरहवामा भएको प्रो क्लब च्याम्पियनसीपको उपाधी घरेलु टोली रुपन्देही–११ ले जितेको छ । सिद्धार्थ रङ्गशालामा शनिबार सम्पन्न भएको फाईनल खेलमा रुपन्देहीले मलेशिया–११ लाई ७ विकेटले हराउदै उपाधि कब्जा गरेको हो ।

टस जितेर रुपन्देहीले पाहुना टोलीलाई ब्यटिङ्गको निम्तो दिएको थियो । मलेशिया–११ ले २० ओभरमा ६ विकेट गुमाउदे १ सय ४० रन तयार पारेको थियो । मलेशियाका लागी नजरिल रहमानले २२ बलमा ४ चौका २ छक्काको सहयोगमा ३६ रन बनाए । उस्तै मलेशियाका अर्का खेलाडी जुबैदी जुल्किफ्ले ले १६ बलमा ४ चौका १ छक्काको सहयोगमा २६ रन बनाए ।

सुरुमा बलिङ्गमा थोरै कमजोर देखिएको रुपन्देहीेले पछि लय सम्हालेको थियो । रुपन्देहीका लागी वसिर अहमदले ४ ओभरमा ३२ रन खर्चिएर २ विकेट लिएका थिए । यस्तै कृष्ण कार्की, रुपेश कुर्मि, बिक्रम भुसाल र बिशाल बिक्रम केसीले समान १÷१ विकेट हासिल गरेका थिए ।

१ सय ४१ रनको लक्ष्य लिएको रुपन्देही मैदान छिरेदेखी नै मलेशिया माथी हावी देखियो । प्रतियोगिताको उद्घाटन खेलमा समेत मलेशियालाई फराकिलो अन्तरले हराएको रुपन्देहीको मनोबल उच्च देखिएको थियो । पहिलो ओभरमै १४ रन बनाएर रुपन्देहीले जितको बलियो आधार तय ग¥यो । दोश्रो ओभरमै देव खनाललाई गुमाएपछि रुपन्देही संयमित हुदै रनको गतिलाई निरन्तरता दिएको थियो ।

२२ रनको योगफलमा पहिलो विकेट गुमाएको रुपन्देहीको दोश्रो विकेट १ सय ३४ रनमा खस्यो । त्यतिन्जेल रुपन्देहीको जित करिब निश्चित भएको थियो ।

प्रज्वल थापाले अर्धशतकीय पारी खेलेर रुपन्देहीका लागी जित सुनिश्चित बनाए । उनले ६१ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ७१ रन बनाए । यस्तै सन्दिप रजालीले ४१ रन बनाए । बलिङ्ग तर्फ मलेशियाका मोहम्मद वकिफ, शैयद अजीज र शरवीन मुनीन्दीले १÷१ विकेट बाडे ।
फाईनल खेलमा ७१ रन बनाएका प्रज्वल थापा मैन अफ द फाइनल घोषित भए भने प्रतियोगितामा १ सय १९ रन बनाएर तथा १० विकेट लिएका वसिर अहमद मैन अफ द सिरिज घोषित भए ।

उपाधिसंगै रुपन्देही–११ ले नगद २ लाख ५० हजार, दोश्रो हुदै मलेशियाले १ लाख, तेश्रो युपी–११ नगद ५० हजार र चौथो हुदै नेपाली सेनाले २५ हजार पुरस्कार जितेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।