ताजा अपडेट »

बुटवलबाट चलचित्र सुपर सिक्स बन्ने, देशभर प्रदर्शन हुने

विहीबार, ०१ बैशाख २०७९, १३ : ३२
4 Shares

बुटवल । बुटवलबाट चलचित्रसुपर सिक्स निर्माण हुने भएको छ । सिद्वबाबा मूभी मेकरको ब्यानरमा निर्माण हुने चलचित्र सुपर–६को बिहीबार एक कार्यक्रमकाबी शुभमुहर्त भएको छ। लिजेण्ड फिल्म्स प्रालिको पोस्ट प्रोडक्सनमा निर्माण हुन लागेको चलचित्रको नयाँ वर्षको अवसरमा शुभ मुहर्त गरिएको हो ।

निर्माताद्वय रामप्रसाद उपाध्याय र टिका रानाको निर्माणमा बन्न गइरहेको चलचित्रको निर्देशन लय सग्रौलाले गर्दैछन् । निर्माताले पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी गराएका हुन् । सो अवसरमा निर्माताले राजधानी बाहिरबाट वा बुटवलबाटै ठूलो पर्दाको चलचित्र निर्माण गरी देशव्यापी रुपमा प्रदर्शन गरिने बताए ।

चलचित्रको सह निर्मातामा प्रेम श्रेष्ठ र निलकण्ठ चालिसे छन् भनेसह निर्देशक (कथा लेखन) प्रेम गुरुङले गरेका छन् । चलचित्र विशेषगरी तेस्रोलिङ्गीहरुको कथामा आधारित रहेको निर्माताले बताएका छन् ।

गुरुङले सर्ट मूभी, म्यूजक भिडियोहरुको अनुभव संगालेको बताउँदै ५०–६० लाखको बजेटमा निर्माण हुन लागेको जानकारी दिए। बैशाख ३ गतेदेखि नै सुटिङ शुरु हुने चलचित्रको मुख्य कलाकारहरुमा नायक प्रेम गुरुङ, नायिकाहरु संगिता केसी,हेमा मगर,दिपु थापा मगर लगाएत रहेका छन्।

चलचित्र बुटवल, भैरहवा,पोखरा र पाल्पामा छायांकन हुनेछ भने सुटिङ १ महिनामा सकिने छ । २ घण्टाको चलचित्र निर्माण हुने बताउँदै उनले दशै पछि देशब्यापी रिलिज गरिने बताए।

चलचित्र यम रानाले छायांकन गर्ने छन, भने चलचित्रको द्वन्द सह निर्देशक गोपाल परियार रहेको कलाकार दिपु मगरले जानकारी दिए।
चलचित्रमा कलाकारहरु बिनय उदय, जितेन्द राना, अरुण श्रेष्ठ, हेमा मगर, तारा थापा, बाल कलाकार नीति चालिसे रहेको निर्माता उपाध्यायले बताए।

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै माराङ फिल्मका निर्माता तथा ब्यवसायी तुल्सी सारुले निर्माणमा बाधा चूनौती रहेको बताउँदै सफलताको कामना गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।