ताजा अपडेट »

विस्फोटक पदार्थ घरमा ल्याएर फुटाएर बेच्‍न खोज्दा...

सोमबार, २८ चैत्र २०७८, ०८ : १७
6 Shares

काभ्रे । सैनिक इलाकामा भेटिएको विस्फोटक पदार्थ घरमा ल्याएर फुटाएर बेच्‍न खोज्दा पड्किएर काभ्रेमा एक जना घाइते भएका छन् ।

सेना तालिमका क्रममा पड्काएको मोर्टार बम घरमा ल्याएर कवाडमा बेच्नको लागि फुटाउन खोज्दा बनेपा –२, घिमिरे गाउँमा २४ बर्षीय मोहन विक घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोइरालाले जानकारी दिए। विकको उपचार काठमाडौं विएण्डवि अस्पतालमा भइरहेको छ ।

मोहनको दाहिने हातको आधा भाग क्षति भएको छ भने टाउकोमा चोट लागेको छ । बनेपा(२, का केही स्थानीयहरूले सामुदायिक जङ्गलमा नेपाली सेनाले अभ्यासका लागि विस्फोट गराएका बमका टुक्राहरू ९सिसा, फलाम, तामा लगायत ० सङ्कलन गरी प्रशोधन गरी विक्री वितरण गर्दै आइरहेका छन् ।

मोहनको परिवारले नेपाली सेनाले अभ्यासका लागि विस्फोट गराएका बमका टुक्राहरू (सिसा, फलाम, तामा लगायत) सङ्कलन गर्ने गरेका थिए । मोहनको घरमा पनि ५ वटा मोर्टार ल्याएको र फुटाएर हेर्ने क्रमा विस्फोट भएको प्रत्यक्षदर्शी रहनुभएकी घाइतेकी आमा शोभा विकले बताए ।

अन्य ४ सेनाको धुलिखेलस्थित विष्णु दल गणको टोलीले डिस्पोज गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।