ताजा अपडेट »

काभ्रेको घिमिरे गाउँमा विस्फोट, एक गम्भीर घाइते

आइतबार, २७ चैत्र २०७८, १३ : ०५
8 Shares

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

उनको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन । घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । 

घटनास्थल क्षेत्रमा नेपाली सेनाले नियमित फायरिङ गर्दै आएका छन् । सो क्रममा ‘मिस फायरिङ’ भएको हुन सक्ने डीएसपी खतिवडाले बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।