११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

काठमाडौँ । ललितपुर भैँसेपाटीकी अचला पोखरेलले पाटन अस्पतालद्वारा उपलब्ध गराउँदै आएको क्यान्सरको औषधि नियमित सेवन गरिरहेकीछन् । जीवनभर सेवन गर्नुपर्ने मासिक छ लाख रुपियाँबराबरको औषधि उनले निःशुल्क प्राप्त गरिरहेकी छन् ।

Advertisement

उनलाई डेढ वर्षअघि फोक्सोको क्यान्सर भएको थियो । सुरुमा खोकीको लक्षण देखिएपछि नजिकैको अस्पतालमा उपचार गराउँदा क्यान्सर पत्ता लागेको थियो । दुई महिनासम्म छ साइकल केमोथेरापी चढाएपछि उनले नियमित औषधि सेवन गर्दै आएकीछन् ।

शल्यक्रिया गर्न नमिल्ने भएपछि छ साइकल केमोथेरापी चढाएर उनले औषधि सेवन गर्न थालेकी हुन्। “सुरुमा मासिक दुई लाख ८० हजार रुपियाँबराबरको औषधि सेवन गरेकी थिएँ,” उनले भने, “औषधि अत्यधिक महँगो भएकाले क्यान्सर रोगका बिरामीको पहुँच बाहिर रहेछ ।” साथीहरूले पाटन अस्पतालमा निःशुल्क औषधि पाइन्छ भन्दा अचलाले सुरुमा पत्याउनुभएन ।

क्यान्सरको औषधि निःशुल्क पाउने भएपछि उनले बडो राहतको अनुभव गरे । पाटन अस्पतालका क्यान्सर रोग विभाग प्रमुख डा: अरुण शाहीले पाटन अस्पतालमा मासिक १० लाख रुपियाँसम्मको औषधि सेवन गर्ने बिरामी पनि रहेको बताए । अत्यन्त महँगो रोगका रूपमा क्यान्सरलाई लिइन्छ ।

नेपालबाहेक भारत, सिङ्गापुर, थाइल्यान्डलगायतका देशमा गएर उपचार गराउनुपरेमा एक करोड रुपियाँभन्दा बढी खर्च लाग्छ । पाटन अस्पताल र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरका रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । पेटको क्यान्सर, रक्त क्यान्सर, मिर्गौला क्यान्सर र फोक्सोको क्यान्सर लागेका बिरामीले निःशुल्क रूपमा औषधि सेवन गरिरहेका छन् ।

पाटन अस्पतालका क्यान्सर विशेषज्ञ ड: शाहीले नेपालमा दुई हजार क्यान्सर बिरामीले निःशुल्क औषधि सेवन गरिरहेको बताउँदै उनीहरूले मासिक १५ हजारदेखि १० लाख रुपियाँसम्मका औषधि सेवन गरिरहेको जानकारी दिए । उनले क्यान्सरका रोगीले लाखौँ रुपियाँबराबरका औषधि निःशुल्क पाउँछन् भन्ने सूचना सबै क्यान्सरका बिरामीले थाहा नपाएको बताउँदै शल्यक्रियापछि नियमित औषधि सेवन गर्नैपर्ने बताए। सरोज ढुङ्गेल/गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता