१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

भैरहवा । रुपन्देहीको भैरहवामा भएको माछापुच्छ्रे कप फुटबलकाे उपाधि लुम्बिनी खुकुरी क्लबले जितेकाे छ । सिद्धार्थनगर नगरपालिकाकाे मुख्य प्रायोजनमा भएकाे प्रतियोगिताकाे फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब,बेलहियाले माछापुच्छ्रे क्लब,झन्डीबजारलाई ट्राइ बेकरमा ४-२ गोल फरकमा जित निकालेकाे हाे।

दुवै टिम बिचकाे फाइनल खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी पछी खेल ट्राइ बेकरमा पुगेको थियो। माछापुच्छ्रेका मिसन दर्लामीले खेलको पहिलो हाफको ३९ औं मिनेटमा १ गोल गरेका थिए भने लुम्बिनी खुकुरी क्लबका सुरज घलानले खेलको अतिरिक्त समयमा गोल गरेका थिए।
खेलको ट्राइ बेकरमा ४-२ गोल फरकमा लुम्बिनी खुकुरी क्लब बिजयी भयाे ।खेलभरिको सर्वाधिक गोलकर्तामा भैरभ एफ सी,नवलपरासीका मनिस चौधरी तथा युनाइटेड एफ सी, देवीनगर का मिलन आले घोषित भए । दुवै जनाले चार -चार गोल गरेर सर्वाधिक गोलकर्ताकाे रुपमा पुरस्कृत भए।

खेलभरिको सर्वोत्कृष्ट खेलाडीमा माछापुच्छ्रे क्लबका खेलाडी बिनय थापा घोषित भए । प्रतियोगितामा विजयी टिम र खेलाडीहरू प्रमुख अतिथी सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीले पुरस्कृत गरे ।  २८औं माछापुच्छ्रे कप फुटबल चैत १० गतेबाट पक्लिहवा कृषि क्याम्पसकाे खेल मैदानमा हुँदै आएकाे थियाे ।  

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने